६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना

काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक रिपोर्टमा केही हताहतीको सम्भावना रहेको बताइएको छ । स्थानीय अधिकारीकाअनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । काजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सले रुसी समाचार […]

Dec 25, 2024 - 08:08
 0
६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना

काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक रिपोर्टमा केही हताहतीको सम्भावना रहेको बताइएको छ ।

स्थानीय अधिकारीकाअनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

काजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

अजरबैजान एअरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै बयान आएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register