ओलम्पिक कमिटीको चुनाव अवैध भएको राखेपको ठहर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११९ औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारण सभा अवैध भएको ठहर गरेको छ । सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बिहीबार  अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेश […]

Jan 16, 2025 - 13:26
 0
ओलम्पिक कमिटीको चुनाव अवैध भएको राखेपको ठहर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११९ औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारण सभा अवैध भएको ठहर गरेको छ ।

सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बिहीबार  अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधार विना पेश गरेका संघका लागि थप आवश्यक प्रकृया अगाडि बढाउने गरी निर्णय भएको   सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

यस्तै  बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको छ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register