बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दुई तिहाइको सरकारले केही काम नगरेको बताएका छन् । शुक्रबार प्रथम कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘तीनकुनेको मुआब्जा ५० वर्ष भइसक्दा पनि पाएका छैनन् । सरकारको मुख ताक्दाताक्दै अहिलेसम्म मुआब्जा पाउने सङ्केत छैन । यसपालिको बहुमत, दुई तिहाइको सरकार छ । […]

Dec 27, 2024 - 09:06
 0
बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दुई तिहाइको सरकारले केही काम नगरेको बताएका छन् ।

शुक्रबार प्रथम कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘तीनकुनेको मुआब्जा ५० वर्ष भइसक्दा पनि पाएका छैनन् । सरकारको मुख ताक्दाताक्दै अहिलेसम्म मुआब्जा पाउने सङ्केत छैन । यसपालिको बहुमत, दुई तिहाइको सरकार छ । तैपनि केही गरेकै छैन ।’

उनले थप भने, ‘कोही नेताहरु आएर आश्वासन दिनुभएको छ ? मुआब्जा दिने प्रोससमा छ भनेर भन्नुभएको छ भने नपत्याउनुहोला । केही काम भएको छैन । यो एक हिसाबले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो ।’

यो सरकारले चाहे जति खेर पनि गर्नसक्ने उनको भनाइ छ । ‘अहिले पनि यो सरकारले काम गरेन भने कहिले गर्दैन ।’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register