जनार्दन शर्मा भन्छन् – विप्लव र मबीच फाटो ल्याउन भ्रम छरियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका छन् । चिनियाँ नेता माओ दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । विप्लव र आफूबीच राम्रो सम्बन्ध रहेको उनको भनाइ छ । उनले भने, ‘विसं २०६६ सालतिर पार्टीले विद्रोह र […]

Dec 26, 2024 - 09:56
 0
जनार्दन शर्मा भन्छन् – विप्लव र मबीच फाटो ल्याउन भ्रम छरियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका छन् ।

चिनियाँ नेता माओ दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । विप्लव र आफूबीच राम्रो सम्बन्ध रहेको उनको भनाइ छ ।

उनले भने, ‘विसं २०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो । विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो । हाम्रो बीचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन । माओवादी पुनर्गठनको अभियान आफैँले थालेको हुँ । विप्लव र मेरोबीच राम्रो सम्बन्ध छ । विप्लव र माओवादी एकताबीच बाधकका रूपमा पनि चर्चा गरियो ।’

त्यो सत्य होइन भन्नेमा आफू र विप्लव स्वयं पनि पहिलेदेखि नै प्रष्ट रहे पनि कपिलवस्तु र ललितपुरको हरिसिद्धिमा भएको छलफलबाट भ्रम चिरिएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register