देउवाले भने- ‘गभर्नर नियुक्ति छिट्टै हुन्छ’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । बैठकमा नेताहरुले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई भएको विषयमा चासो व्यक्त गरेका थिए । नेताहरुको चासोपछि देउवाले गभर्नर नियुक्तिमा ढिलाई भएको स्वीकार गर्दै छिट्टै नियुक्ति हुने बताएका […]

May 9, 2025 - 08:46
 0
देउवाले भने- ‘गभर्नर नियुक्ति छिट्टै हुन्छ’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

बैठकमा नेताहरुले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई भएको विषयमा चासो व्यक्त गरेका थिए । नेताहरुको चासोपछि देउवाले गभर्नर नियुक्तिमा ढिलाई भएको स्वीकार गर्दै छिट्टै नियुक्ति हुने बताएका छन् ।

देउवाले राष्ट्र बैंकको गभर्नर प्रोफेसनल हुनुपर्ने भन्दै अब एउटा सहमतिबाट निर्णय हुने बताएको बैठकमा सहभागी एक नेताले बताएका छन् । उनले राष्ट्र बैंकजस्तो संवेदनशील निकायको नेतृत्व छान्ने कुरा हतारमा गर्न नहुने भन्दै अबको केही दिनमै गभर्नर नियुक्त हुने बताएको ती नेताले बताएका छन् ।

यथार्थमा नेकपा एमाले र काँग्रेसबीच सहमति हुन नसक्दा गभर्नर नियुक्तिमा ढिलाई भएको हो । अझै पनि दुई दलबीच गभर्नरको विषयमा अन्तिम निर्क्योल हुन नसकेको स्रोतको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register