लन्डन थेम्समा मृत भेटिएका विधार्थीको परिवारलाई दारी ग्याङ यूकेको आर्थिक सहयोग

लन्डन । दारी ग्याङ यूकेले लन्डन थेम्स नदीमा मृत भेटिएका एक विधार्थीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।   दारी ग्याङ यूकेले आफ्ना सदस्यहरूमार्फत संकलित कुल रकम £287.79 (नेपाली रुपैयाँ ५१,५१४) स्वर्गीय सुशान ओलीको बुवा नवराज ओलीको बैंक खातामा पठाइएको अध्यक्ष सुशील गौतमले जनाए ।  गत अप्रिल २३ तारिखदेखि लन्डनबाट सम्पर्कविही सुशानको शव अप्रिल २८ […]

May 8, 2025 - 06:53
 0
लन्डन थेम्समा मृत भेटिएका विधार्थीको परिवारलाई दारी ग्याङ यूकेको आर्थिक सहयोग

लन्डन । दारी ग्याङ यूकेले लन्डन थेम्स नदीमा मृत भेटिएका एक विधार्थीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।  

दारी ग्याङ यूकेले आफ्ना सदस्यहरूमार्फत संकलित कुल रकम £287.79 (नेपाली रुपैयाँ ५१,५१४) स्वर्गीय सुशान ओलीको बुवा नवराज ओलीको बैंक खातामा पठाइएको अध्यक्ष सुशील गौतमले जनाए । 

गत अप्रिल २३ तारिखदेखि लन्डनबाट सम्पर्कविही सुशानको शव अप्रिल २८ मा लन्डन थेम्स नदीमा फेला परेको बेलायती प्रहरीलाई उदृत गर्दै लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको थियो । 

रुकुम पश्चिमको मुसिकोट घर भएका सुशान कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनका लागि करिब एक वर्षअघि मात्रै बेलायत आएका थिए । 

उक्त समूहले ओलीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ।

दारी ग्याङ एक सामाजिक संस्था हो जसको स्थापना वि. स. २०७२ मा ‘बाहिरी आवरणबाट होइन, भित्री मानवीय गुणले व्यक्ति मूल्यांकन गरिनुपर्छ’ भन्ने मूल सन्देशसहित गरिएको थियो। समाजमा दारी कपाल पाल्ने युवालाई हेर्ने नकारात्मक दृष्टिकोण विरुद्ध आवाज उठाउँदै आत्म–सम्मान र सामाजिक योगदानमा विश्वास राख्ने युवा समूहले यो अभियानको सुरुवात गरेको हो।

नेपालमा ४० बढी जिल्लामा सक्रिय शाखा भएको यस संस्थाको उपस्थिति हाल युके, कतार, दुबई, कुवेत, दक्षिण कोरिया लगायत विभिन्न मुलुकमा फैलिएको छ। 

दारी ग्याङ युके शाखाले यहाँ बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहयोग, समझदारी, सामाजिक उत्तरदायित्व र भावनात्मक सम्बन्धलाई मजबुत बनाउने अभियान सञ्चालन गर्दै आएको छ।

सुशानको शव नेपाल पठाउन अहिले बेलायतमा चन्दा संकलन अभियान शुरु गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register