पाल्पामा जिप दुर्घटना, ६ जना घाइते

काठमाडौं । पाल्पामा जिप दुर्घटना भएको छ । सो दुर्घटनामा ६ जना घाइते भएको पाल्पाका प्रहरी नायव उपरीक्षक  सुनिल मल्लले जानकारी दिए । मल्लका अनुसार घाइते हुनेमा निस्दी गाउँपालिका-४ झ्याल्टुङ बस्ने ३९ वर्षीया धनसरी बयम्बु, सोही ठाउँकी ३० वर्षीया पुष्पा राई, पुष्पाको ३ वर्षीय छोरा अभिषेक राई, ९ वर्षीय साजन राई रहेका छन् । यसैगरी […]

May 9, 2025 - 15:19
 0
पाल्पामा जिप दुर्घटना, ६ जना घाइते

काठमाडौं । पाल्पामा जिप दुर्घटना भएको छ । सो दुर्घटनामा ६ जना घाइते भएको पाल्पाका प्रहरी नायव उपरीक्षक  सुनिल मल्लले जानकारी दिए ।

मल्लका अनुसार घाइते हुनेमा निस्दी गाउँपालिका-४ झ्याल्टुङ बस्ने ३९ वर्षीया धनसरी बयम्बु, सोही ठाउँकी ३० वर्षीया पुष्पा राई, पुष्पाको ३ वर्षीय छोरा अभिषेक राई, ९ वर्षीय साजन राई रहेका छन् ।

यसैगरी निस्दी गाउँपालिका-७ सिन्दूरे बस्ने ४० वर्षीय गुनबहादुर सोमई र कपिलवस्तुको विजयनगर गाउँपालिका-१ का ५३ वर्षीय टेकबहादुर खण्डलुकपनि घाइते भएका छन् ।

घाइते मध्ये धनसरीको अवस्था गम्भीर रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register