लिलाम गरेको जग्गा फिर्ता गर्ने सहमतिपछि कृषि विकास बैंकको ताला खुल्यो

काठमाडौँ । कृषि विकास बैंकका लहान शाखामा लगाइको ताला खुलेको छ । बैंकले प्रक्रिया मिचेर जग्गा लिलाम गरेपछि ऋणी र स्थानीयले बैंकमा लगाएको ताला सहमतिपछि खुलेको हो । आक्रोशित ऋणीपक्ष र बैंकबीच भएको वार्तापछि बैंकको लहान शाखामा लगाइएको ताला खुलेको बैंकका एक कर्मचारीले जानकारी दिएका छन् । ती कर्मचारीका अनुसार लिलाम भएको जग्गा फिर्ता गर्ने […]

Dec 27, 2024 - 02:38
 0
लिलाम गरेको जग्गा फिर्ता गर्ने सहमतिपछि कृषि विकास बैंकको ताला खुल्यो

काठमाडौँ । कृषि विकास बैंकका लहान शाखामा लगाइको ताला खुलेको छ । बैंकले प्रक्रिया मिचेर जग्गा लिलाम गरेपछि ऋणी र स्थानीयले बैंकमा लगाएको ताला सहमतिपछि खुलेको हो ।

आक्रोशित ऋणीपक्ष र बैंकबीच भएको वार्तापछि बैंकको लहान शाखामा लगाइएको ताला खुलेको बैंकका एक कर्मचारीले जानकारी दिएका छन् ।

ती कर्मचारीका अनुसार लिलाम भएको जग्गा फिर्ता गर्ने सहमतिपछि बैंकमा लगाइएको ताला खुलेको हो । ‘साँझ ऋणीपक्ष र बैंकबीच करिब ८ घण्टासम्म वार्ता भयो ।’, अर्थ सरोकारसँग ती कर्मचारीले भने, ‘मालपोतमा पत्र पठाएर लिलाम भएको जग्गा तत्काल रोक्का गर्ने र प्रक्रिया मिलाएर जग्गा फिर्ता गर्ने सहमति भएको छ ।’

उक्त सहमतिसँगै ऋणी पक्षको वार्ता टोलीले प्रक्रिया मिचेर जग्गा लिलाम गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीमाथि छानबिन गरी कारवाही गर्न पनि माग गरेका छन् ।

सिराहको लहान नगरपालिका–२ का रामचन्द्र यादवका अनुसार उनले २०७७ फागुन १५ गते बैंकमा ७ धुर जग्गा धितो राखेर ३० लाख रुपैयाँ ऋण लिएका थिए । हालसम्म उक्त ऋणको साँवा र किस्ता गरी कुल १९ लाख ९२ हजार ७ सय ७३ रुपैयाँ तिरेको यादवको भनाई छ ।

बिना जानकारी करिब डेढ करोड पर्ने जग्गा बैंकले कर्मचारीको मिलेमतोमा ३५ लाखमै लिलाम गरेपछि ऋणीपक्ष आन्दोलित बनेका थिए । उनीहरुले बैंकका कर्मचारीलाई भित्रै थुनेर बैंकको गेटमा तालासमेत लगाइदिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register