बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं ०३ महाराजगंज बस्ने ५९ वर्षीय सुधा बस्नेत रहेकी छिन् । केश कुमार श्रेष्ठ लगाएतका व्यक्तिहरुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुधा बस्नेतको उच्च अदालत पाटन ललितपुरबाट फैसला भई कुल ९० लाख पचास हजार रुपोयाँ विगो भएको बैंकिङ कसुर […]

Jan 14, 2025 - 07:26
 0
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं ०३ महाराजगंज बस्ने ५९ वर्षीय सुधा बस्नेत रहेकी छिन् ।

केश कुमार श्रेष्ठ लगाएतका व्यक्तिहरुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुधा बस्नेतको उच्च अदालत पाटन ललितपुरबाट फैसला भई कुल ९० लाख पचास हजार रुपोयाँ विगो भएको बैंकिङ कसुर मुद्दामा फरार रहेकी थिइन् ।

बस्नेतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुस २९ गते महाराजगंजबाट पक्राउ गरेको हो ।

हाल उनको फैसला कार्यान्वयनका लागि सम्मानित उच्च अदालत पाटन ललितपुर पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register