पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारतमा सात दिनसम्म राष्ट्रिय शोक

काठमाडौं । भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतमा आज (शुक्रबार) सबै सरकारी कार्यक्रम बन्द गरिएको छ । साथै स्वर्गीय सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । शनिबार अन्त्येष्टिको दिन विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । […]

Dec 27, 2024 - 07:48
 0
पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारतमा सात दिनसम्म राष्ट्रिय शोक

काठमाडौं । भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

भारतमा आज (शुक्रबार) सबै सरकारी कार्यक्रम बन्द गरिएको छ । साथै स्वर्गीय सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ ।

शनिबार अन्त्येष्टिको दिन विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

केरला सरकारले पनि डिसेम्बर बुधबारदेखि यही पुष १७ गतेसम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।

कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।

सिंहको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत धेरै नेताले शोक व्यक्त गरेका छन् ।

सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो ।

पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर र त्यसपछि अक्सफोर्डबाट विद्यावारिधि (पीएचडी) गरेका थिए ।

कांग्रेस आईले गर्‍यो सात दिनका लागि तय आफ्ना सबै कार्यक्रम स्थगित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register