अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं । मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो १ सय ४० ग्राम सहित बारा सिम्रौनगढ नगरपालिका-१ बस्ने १९ वर्षीय शसी मुखिया समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, राक्सिराङ गाउँपलिका-५ […]

Feb 12, 2025 - 07:12
 0
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो १ सय ४० ग्राम सहित बारा सिम्रौनगढ नगरपालिका-१ बस्ने १९ वर्षीय शसी मुखिया समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, राक्सिराङ गाउँपलिका-५ बोटबारीबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-७ बस्ने २४ वर्षीय रबिन तामाङ र २४ वर्षीय बलराम थिङ रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बोटबारीबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ९९२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ झोलुङ्गेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ६० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरगढी गाउँपालिका-४ सामरी बस्ने ३९ वर्षीय सुबि गुरूङ, हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३४ वर्षीय नबराज भट्ट र नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३४ वर्षीय सुरज पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-५ पन्थपडा राजबंशी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-५ बस्ने २१ वर्षीय अनिश ठकुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित उर्लाबारी नगरपालिका-७ बस्ने २३ वर्षीय मोहमद अब्दुल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ ट्रान्समिटरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित भारत उत्तर प्रदेश बलारामपुर मदरहवा कला पोष्ट बिसनपुर टन्टनवा भगगौरा बस्ने ३८ वर्षीय पारस गौडलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ पानबारी बस्ने २४ वर्षीय मिर्जु कुमार श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय २० क्याप्सुल सहित बराहक्षेत्र नगरपालिका-८ चक्रघट्टी बस्ने २७ वर्षीय अर्जुन माझीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।


दाङ, लमही नगरपालिका-७ अर्जुनखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-१४ नयाँ बजार बस्ने १८ वर्षीय किशोर र सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले घोराहीबाट बुटवलतर्फ जाँदै गरेको रा।८ प ४४०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ मिलिग्राम सहित सोही ठाँउ डेरा गरी बस्ने डडेल्धुरा आलिताल गाउँपालिका-७ घर भएका ३० वर्षीय करन बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।


यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-३ भासीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५६ मिलिग्राम सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-६ बस्ने ४२ वर्षीया सरस्वती कुमारी बिष्ट, उनकै छोरा प्रकाश सिंह धामी, दार्चुला शैल्यशिखर नगरपालिका-९ बस्ने ३० वर्षीय सुशिल बिष्ट र मालीकार्जुन गाउँपालिका-८ बस्ने ३२ वर्षीय गोबिन्द धामी रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका-३ भासीस्थित सरस्वतीको पुर्णागिरी होटल तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


बाँके, खजुरा गाउँपालिका-७ बठुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय नन्द किशोर कुर्मीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीया सुर्जा नाथलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-९ बस्ने ३३ वर्षीय भरत नाथलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ हो ।


धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ पोर्ताहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा धनगढीमाई नगरपालिका-२ बस्ने २० वर्षीय मो।अल्तक राईन र २३ वर्षीय सन्मत अलि रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.२-०१-००२ प ५३५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register