एसोसिएसन अफ नेपाली ओरिजिन बेलायत गठन, पूण्य रेग्मी अध्यक्ष

लन्डन । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ ) बेलायत राष्ट्रिय कार्यसमिति घोषणा भएको छ । बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा गत १५ फेब्रुवरी २०२५ शनिबार एक कार्यक्रमबीच सामाजिक अभियन्ता पूण्य रेग्मीको अध्यक्षतामा १३ सदस्यीय एएनओ बेलायत कार्यसमिति घोषणा गरिएको हो । घोषणा कार्यक्रममा एएनओ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष डिल्ली अधिकारी लगायत सदस्यहरु, बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी […]

Feb 17, 2025 - 20:05
 0
एसोसिएसन अफ नेपाली ओरिजिन बेलायत गठन, पूण्य रेग्मी अध्यक्ष

लन्डन । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ ) बेलायत राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।

बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा गत १५ फेब्रुवरी २०२५ शनिबार एक कार्यक्रमबीच सामाजिक अभियन्ता पूण्य रेग्मीको अध्यक्षतामा १३ सदस्यीय एएनओ बेलायत कार्यसमिति घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा एएनओ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष डिल्ली अधिकारी लगायत सदस्यहरु, बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय जनसमुदायको समेत उपस्थिति थियो ।

संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष डिल्ली अधिकारीले एएनओ स्थापना गर्नुपर्ने आवश्कताबारे जानकारी दिंदै बेलायत राष्ट्रिय कमिटीको घोषणा गरेका थिए ।

मन्तव्यका क्रममा अधिकारीले विश्वभरका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपालीमुलका मानिसले आफ्नो वा पुर्खाको उत्पति वा जन्मथलो नेपाल रहेको यथार्थ आत्मसात गरि नेपाललाई आफ्नो नेपाली जातिको पहिचानको आधारभूमि मान्न जरुरी रहेको बताए। उनले आपसी भाइचारा, सद्भाव, सहयोग एवं आफ्नो नेपाली संस्कृति र सकारात्मक ऐतिहासिक सामाजिक परम्परालाई जीवन्त राख्न एकतावद्ध भई आफ्नो पहिचान कायम गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

गत वर्ष मार्चमा विश्वका २७ देशका प्रतिनिधिको भेलाले अधिकारीको अध्यक्षतामा ३९ सदस्यीय एएनओ अन्तर्राष्ट्रिय कमिटी गठन गरेको थियो । उक्त भेला थाइल्याण्डको बैंककमा भएको थियो ।

उक्त भेलाले संसारभर छरिएका नेपालीमूलका मानिसहरु आफू बसेको भूमिमा संगठित हुनु पर्ने आवश्यकता औंल्याउनुका साथै विश्वभरिका नेपालीमुलका मानिसलाई नेपाली जातिको रुपमा परिभाषित गरी नेपालसँग जोड्नु पर्ने आवश्यकता औंल्याएको थियो ।

यसै सिलसिलामा बेलायत लगायत नेपाली मुलका मानिसहरुको बसोबास भएका देशमा क्रमिक रुपमा एएनओ राष्ट्रिय कमिटी गठन गर्ने प्रक्रिया अघि बढिरहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register