काठमाडौंको एक कार्यालयमा तीन लाख घुस लिइसकेको अवस्थामा शाखा अधिकृत पक्राउ

काठमाडौं । राजधानी काठमाडौंकै एक कार्यालयमा घुस लिइसकेको अवस्थामा शाखा अधिकृत पक्राउ परेका छन् । ताहाचलस्थित राष्ट्रिय किताब खाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिइ गएको टोलीले […]

Dec 30, 2024 - 00:30
 0
काठमाडौंको एक कार्यालयमा तीन लाख घुस लिइसकेको अवस्थामा शाखा अधिकृत पक्राउ

काठमाडौं । राजधानी काठमाडौंकै एक कार्यालयमा घुस लिइसकेको अवस्थामा शाखा अधिकृत पक्राउ परेका छन् ।

ताहाचलस्थित राष्ट्रिय किताब खाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिइ गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनको कार्यकक्षबाट आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register