नर्वे, डेनमार्क र पोर्चुगल पठाइदिन्छु भन्दै सम्पर्कविहीन भएपछि…

झापा, २२ जेठ । विदेश पठाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर, ललितपुर महानगरपालिका–५ बस्ने महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार घर भएका ५५ वर्षीय बिरबहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ [...] The post नर्वे, डेनमार्क र पोर्चुगल पठाइदिन्छु भन्दै सम्पर्कविहीन भएपछि… appeared first on Jhapa Online.

Jun 5, 2025 - 02:47
 0
नर्वे, डेनमार्क र पोर्चुगल पठाइदिन्छु भन्दै सम्पर्कविहीन भएपछि…

झापा, २२ जेठ । विदेश पठाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर, ललितपुर महानगरपालिका–५ बस्ने महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार घर भएका ५५ वर्षीय बिरबहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३९ वर्षीय दिनेश खड्का पक्राउ परेका हुन् ।

बिरबहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट पाँच लाख १० हजार रुपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मङ्गलवार बिर बहादुरलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट र दिनेशलाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

The post नर्वे, डेनमार्क र पोर्चुगल पठाइदिन्छु भन्दै सम्पर्कविहीन भएपछि… appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register