अष्ट्रेलियाविरुद्ध ३४० रनको लक्ष्य पछ्याउँदै भारत, रोहित र राहुल आउट

बीबीसी । मेलबर्नमा अष्ट्रेलिया र भारतबीच चौथो टेस्ट क्रिकेट सोमबार बिहान जारी छ । घरेलु टोली अष्ट्रेलिया पाँचौं दिनको सुरुमै अलआउट भएको थियो । अस्ट्रेलियाको टोलीले दोस्रो इनिङ्समा २३४ रन बनाएर भारतलाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङ्समा ब्याटिङ गर्न आएको भारतीय टोलीले स्थिर सुरुवात गरे पनि ४० बल खेल्दै कप्तान […]

Dec 30, 2024 - 01:09
 0
अष्ट्रेलियाविरुद्ध ३४० रनको लक्ष्य पछ्याउँदै भारत, रोहित र राहुल आउट

बीबीसी । मेलबर्नमा अष्ट्रेलिया र भारतबीच चौथो टेस्ट क्रिकेट सोमबार बिहान जारी छ ।

घरेलु टोली अष्ट्रेलिया पाँचौं दिनको सुरुमै अलआउट भएको थियो । अस्ट्रेलियाको टोलीले दोस्रो इनिङ्समा २३४ रन बनाएर भारतलाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङ्समा ब्याटिङ गर्न आएको भारतीय टोलीले स्थिर सुरुवात गरे पनि ४० बल खेल्दै कप्तान रोहित शर्मा प्याट कमिङको बलमा मार्सको हातबाट क्याच आउट बनेका थिए । उनको पछि खेल्न आएका केएल राहुल पनि बिना कुनै रन आउट भए ।

यसअघि खेलको चौथो दिनमा अष्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्नस लाबुसचेनले सर्वाधिक रन बनाए ।

यो समाचार तयार पार्दासम्म भारतका यसस्वी जैसवाल र विराट कोहली क्रिजमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register