आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ।आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ। पौष कृष्ण औँशीका दिन आज परेजस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चारवटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यसरी स्नान गरेमा दाम्पत्य […]

Dec 30, 2024 - 01:08
 0
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै

काठमाडौं ।

सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ।
आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ।

पौष कृष्ण औँशीका दिन आज परेजस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चारवटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण मानिन्छ।

सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ।

माता, पिता नहुनेले औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि सोमबार परेको औँशी विशेष मानिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register