उत्तरगया धाम बेत्रावतीमा पौषे औँसीको दिन श्राद्ध गर्नेको भीड  

रसुवा र नुवाकोटको सीमा रहेको  उत्तरगयाधाम  बेत्रावतीमा  पुस १५ अर्थात पौषे औँसीका  दिन नेपालका विभिन्न ठाउँबाट  आई  श्राद्ध गर्नेहरूको बिहानै  घुइँचो लागेको छ । धार्मिक एवम् पवित्र त्रिशूली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पौषे औँसीको दिन आज  पुस १५ गते दिवङ्गत पितृहरूको चीर शान्तिको कामना गर्दै ‘जौ’को पिण्ड दिएर श्राद्ध गर्नेको भीड लागेको  बेत्रावतीका […]

Dec 30, 2024 - 08:02
 0
उत्तरगया धाम बेत्रावतीमा पौषे औँसीको दिन श्राद्ध गर्नेको भीड  

रसुवा र नुवाकोटको सीमा रहेको  उत्तरगयाधाम  बेत्रावतीमा  पुस १५ अर्थात पौषे औँसीका  दिन नेपालका विभिन्न ठाउँबाट  आई  श्राद्ध गर्नेहरूको बिहानै  घुइँचो लागेको छ ।

धार्मिक एवम् पवित्र त्रिशूली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पौषे औँसीको दिन आज  पुस १५ गते दिवङ्गत पितृहरूको चीर शान्तिको कामना गर्दै ‘जौ’को पिण्ड दिएर श्राद्ध गर्नेको भीड लागेको  बेत्रावतीका स्थानीय समाजसेवी दिल श्रेष्ठले बताए ।

उत्तर गयाधाममा हजारौँ हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पितृको नाममा पिण्ड तर्पण दिएर श्राद्ध गरेका छन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुले मन्त्र पढ्ने र बत्ति बाल्ने गरेका छन् ।

विशेष गरी यही पौषे औँसीलाई मध्ये नजर गरी  तीन दिन अधि देखि नै धाम सरसफाइ,अस्थायी चर्पी निर्माण,स्वयंसेवक परिचालन,सुरक्षाकर्मी हरू विहानैदेखि खटिएका र पार्किङ स्थलहरू बनाइएका थिए ।स्थानीय स्तरमा नै उत्पादन भएको रैथाने कृषिवालिकाे समेत बिक्री वितरण समेत गरिएको छ ।

उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औँसीका दिन पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास रहेको छ ।

पौस कृष्ण औँसीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरुले सके बर्सेनी र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्ड दान गर्ने चलन छ ।

चार गयामध्ये तीन वटा गया भारतमा पर्छ । भारतमा रहेको चारधामदर्शन गर्नु भन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्यप्राप्त हुने भक्तजनको भनाइ छ ।
श्राद्ध गर्नका लागि रसुवा , नुवाकोट, धादिङ, कठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्की लगायतका स्थानबाट हजारौँ मानिसहरु उत्तरगयामा आउने गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register