इटहरी उपमहानगर कार्यालयअगाडि शंकास्पद वस्तु फेला
काठमाडौं । सनुसरीको इटहरी उपमहानगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगर अगाडिको घुम्ती पसल छेउमा आज (मंगलबार) बिहान कालो झोलामा शंकास्पद वस्तु फेला परेको सुनसरी प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटेको छ । तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ । उपमहानगरसँगै भोटेपुल र बुढी […]

काठमाडौं । सनुसरीको इटहरी उपमहानगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ ।
उपमहानगर अगाडिको घुम्ती पसल छेउमा आज (मंगलबार) बिहान कालो झोलामा शंकास्पद वस्तु फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटेको छ । तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।
उपमहानगरसँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । तर कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।
भोटेपुल र बुढीखोलामा पनि खोजी कार्य भइरहेको बताइएको छ ।
What's Your Reaction?






