२५ मिलियन यूरोमा किनेको महल, जसकारण स्टार जोडी जोली र पिटको सम्बन्धविच्छेद भयो

काठमाडौं । आठ वर्ष लामो कानूनी लडाइँपछि हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटको औपचारिक सम्बन्धविच्छेद भएको छ । एन्जेलिनाका वकिलले मिडियालाई यो जानकारी दिएका हुन् । समाचार एजेन्सी एपीको रिपोर्टकाअनुसार जब ब्राड पिटका वकिललाई सम्बन्धविच्छेदको बारेमा सम्पर्क गरियो, तर उनले यसप्रति टिप्पणी गर्न अस्वीकार गरे । दुबैले सन् २०१४ मा विवाह गरेका थिए र […]

Jan 1, 2025 - 06:05
 0
२५ मिलियन यूरोमा किनेको महल, जसकारण स्टार जोडी जोली र पिटको सम्बन्धविच्छेद भयो

काठमाडौं । आठ वर्ष लामो कानूनी लडाइँपछि हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटको औपचारिक सम्बन्धविच्छेद भएको छ ।

एन्जेलिनाका वकिलले मिडियालाई यो जानकारी दिएका हुन् ।

समाचार एजेन्सी एपीको रिपोर्टकाअनुसार जब ब्राड पिटका वकिललाई सम्बन्धविच्छेदको बारेमा सम्पर्क गरियो, तर उनले यसप्रति टिप्पणी गर्न अस्वीकार गरे ।

दुबैले सन् २०१४ मा विवाह गरेका थिए र उनीहरूका ६ सन्तान छन्, जसको लागि उनीहरूबीच लामो कानूनी लडाइँ चल्यो ।

जोलीले सन् २०१६ मा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् । त्यतिबेला उनले यसो हुनुको पछाडि ‘विवादात्मक मतभिन्नता’ रहेको बताएकी थिइन् ।

यो पछि छुट्टै अदालतको सुनुवाइको क्रममा खुलासा भयो कि एन्जेलिनाले ब्राड पिटलाई सो वर्ष युरोपबाट फर्किने क्रममा निजी जेटमा उनी र दुई बच्चाहरूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

घटनाको पुलिस अनुसन्धानपछि पिटविरूद्ध कुनै मुद्दा दायर गरिएको थिइएन र उनले आरोप अस्वीकार गरेका थिए ।

त्यसपछि बालबालिकाको अभिभावकत्वलाई लिएर दुबैबीच झगडा भएको थियो । सन् २०२१ मा एक न्यायाधीशले दुबैलाई संयुक्त रूपमा बालबालिकाको अभिभावकत्वलाई दिने निर्णय गरेका थिए ।

जोलीका वकिलले के भने ?

जोलीका वकिल जेम्स साइमले पिपल म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेका छन् – ”सम्बन्धविच्छेदको प्रक्रिया सुरु भएदेखि नै उनले परिवारको आघातबाट मुक्तिमा ध्यान केन्द्रित गरिरहेकी छन् ।”

कथनकाअनुसार “यो आठ वर्ष पहिले सुरु भएको लामो चलिरहेको प्रक्रियाको एउटा अंश मात्र हो । एन्जेलिना इमानदारीपूर्वक थकित छिन्, तर, प्रक्रियाको एक अंश सकिएकोमा उनी ढुक्क छिन् ।”

सम्झौताका सर्तहरू सार्वजनिक गरिएको छैन ।

सन् २०१६ मा पहिलो पटक जब उनीहरूको छुट्टिएको खबर बाहिर आयो, तब यो जोडीले एक विज्ञप्ति जारी गर्दै यो गोप्य रूपमा हुने बताएको थियो र त्यसपछिका वर्षहरूमा दुबैले यसबारे खासै बोलेनन् ।

तर, अदालतको सुनुवाइबाट आएको जानकारीले यी दुईबीचको तीव्र भिन्नता देखाएको छ ।

जोलीले आफ्नो पूर्व पतिलाई ‘प्रतिशोधात्मक लडाइँ’को आरोप लगाइन् र पिटले जोलीलाई जानाजानी आफ्नो व्यवसायलाई कमजोर पारेको आरोप लगाएका थिए ।

जोलीका वकिलले सम्बन्धविच्छेदमा सहमति भइसकेको बताए पनि फ्रान्सेली दाखबारीलाई लिएर दुईबीच लामो समयदेखि चलिरहेको कानूनी लडाइँको पनि अन्त्य भएको छ कि छैन भन्ने अझै स्पष्ट छैन ।

द्वन्द्व बढाएको दाखबारी

वास्तवमा सन् २००८ मा दुबैले फ्रान्सको विशाल दाखबारी Chateau Miraval २५ मिलियन यूरोमा किनेका थिए र छ वर्षपछि उनीहरूको विवाह समारोह पनि त्यहाँ भएको थियो ।

सन् २००२ मा पिटले जोलीले रूसी अरबपति युरी शेफ्लरलाई सम्पत्तिमा आफ्नो हिस्सेदारी बेचेको आरोप लगाएका थिए ।

युरी सेफ्लर अन्य ब्रान्डहरूका बीचमा पेय पदार्थ उद्योगका प्रमुख र स्टोलिचनाया भोड्काका मालिक हुन् ।

जोलीले आफ्नो लगानीलाई नोक्सान पुर्‍याउन जानाजानी आफ्नो सेयर बेचेको पिटले आरोप लगाएका थिए ।

अदालतमा दायर याचिकामा दाबी गरिएको छ कि सेयर बिक्रीले हलिउड अभिनेताले ‘ठूलो प्रयास’ गरेर निर्माण गरेको वाइन व्यवसायको ‘आक्रामक’ अधिग्रहण सुरु गर्न मद्दत गरेको छ ।

पिटका वकिलले भने, ”उनको नेतृत्वमा व्यापार द्रूत गतिमा बढ्यो र ‘अन्तर्राष्ट्रिय सफलताको कथा’ बन्यो । यद्यपि जोलीले कुनै ‘योगदान’ भने गरिनन् ।”

याचिकामा भनिएको छ, ”जोलीले आफ्नो हिस्सेदारी बेचेर पिटलाई हानि पुर्‍याउने प्रयास गरिन् ।”

जोलीको तर्फबाट के भनियो ?

अदालतका कागजातहरूमा जोलीले दाबी गरिन् कि पिटले आफू र उनका दुई छोराछोरी (आठ वर्ष र १५ वर्ष)लाई शारीरिक र भावनात्मक रूपमा दुर्व्यहार गरे, जब दम्पती आफ्ना बच्चाहरूसँग २०१६ मा निजी जेटमा यात्रा गर्दै थिए ।

जोलीका वकिलले पिटले झगडाको क्रममा जोलीलाई समातेर धकेलिएको आरोप लगाएका छन् । यो पनि दाबी गरिएको छ कि यस अवधिमा पिटले आफ्ना दुबै बच्चाहरूलाई पनि कुटपिट गरेका थिए ।

पिटले यी आरोप अस्वीकार गरेका छन् । बालबालिकाको हिरासतमा कानूनी लडाइँपछि दुबैलाई सन् २०२१ मा संयुक्त संरक्षकत्व अधिकार दिइएको थियो ।

यसै वर्षको जुनमा तेस्रो सन्तान छोरी शिलोले आफ्नो नामबाट पिट हटाउन माग गर्दै लस एन्जलसको एक अदालतमा निवेदन दिएकी थिइन् ।

उनका अन्य दुई सन्तानले पनि पिटको नाम प्रयोग गर्न बन्द गरेका छन् ।

उनीहरूको विवाहको समयमा एन्जेलिना जोली र ब्राड पिट हलिउडमा सबैभन्दा आकर्षक नाम थिए ।

उनीहरूको सम्बन्धविच्छेद भएको केही समयपछि प्रकाशित फोर्ब्सको प्रतिवेदनमा उनीहरूको अनुमानित कुल सम्पत्ति ४०० मिलियन डलर रहेको बताएको थियो ।

यो जोडीलाई ‘ब्रान्जेलिना’ भनेर चिनिन्थ्यो । उनीहरू दुबैको भेट सन् २००५ मा आएको फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’ को सेटमा भएको थियो । उनीहरूको सम्बन्ध अन्तर्राष्ट्रिय मिडियाको आकर्षणको केन्द्र बन्यो ।

चर्चित अभिनेत्री जोलीको यो तेस्रो सम्बन्धविच्छेद हो भने पिटको यो दोस्रो सम्बन्ध हो ।

जोलीले पहिलो पटक जोनी ली मिलरसँग विवाह गरिन्, (सन् १९९६ मा विवाह र सन् २००० मा सम्बन्धविच्छेद) र त्यसपछि दोस्रो ब्राड पिट बिली बब थोरन्टन (सन् २००० मा विवाह र सन् २००३ मा सम्बन्धविच्छेद), पिट जोलीको तेस्रो पति थिए ।

पिटले यसअघि सन् २००० मा फ्रेन्ड्स अभिनेत्री जेनिफर एनिस्टनसँग विवाह गरेका थिए ।

जोलीले Laura Croft: Tomb Rider, Changeling and Girl, Interrupted जस्ता सफल चलचित्रहरूमा काम गरिसकेकी छिन् । उनको पछिल्लो बायोपिक मारिया हो, जुन ओपेरा गायिका मारिया कलासको जीवनमा आधारित छ ।

पिट ‘फाइट क्लब’, ‘वन्स अपन अ टाइम इन हलिउड’ र ‘ट्वेल्व मन्कीज’का नायक हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register