उच्च अदालतमा निवेदन दिएपछि लामिछानेले भने – बोल्ने समय आउँदैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले छोटो प्रतीक्षापछि विशेष सम्बोधन गर्ने बताएका छन् । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दायर गरेपछि लामिछानेले यस्तो बताएका हुन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको […]

Mar 10, 2025 - 08:03
 0
उच्च अदालतमा निवेदन दिएपछि लामिछानेले भने – बोल्ने समय आउँदैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले छोटो प्रतीक्षापछि विशेष सम्बोधन गर्ने बताएका छन् ।

सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दायर गरेपछि लामिछानेले यस्तो बताएका हुन् ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै दफा ७३ को व्यवस्थाअनुसार आदेश बदरको मागसहित लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दायर गरेका छन् ।

अदालतबाट बाहिरिने क्रममा लामिछानेले मेरो बोल्ने समय एकदम नजिक आएको र त्यसको तयारीमा बसिरहेको बताए ।

उनले भने, “अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ । तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register