टेलिकमको नयाँ रेटः १४२४ एक्सेस कोडमार्फत भारतमा कल गर्दा ३.७६ रुपैयाँ लाग्ने
काठमाडौं । नेपाल टेलिकमले भारतमा एक्सेस कोड १४२४ को माध्यमबाट आउटगोइङ कल गर्न नयाँ महसुल दर निर्धारण गरेको छ । कम्पनीले पुस १५ गते राति १२:०० बजेदेखि नयाँ दर लागू गरेको हो । यस अनुसार एक्सेस कोड १४२४ प्रयोग गरेर हुने आउटगोइङ कलको दर प्रति मिनेट रु. ३.७६ तय गरिएको छ । यस निर्णयले भारतसँगको कनेक्टिभिटीमा सस्तो दरमा फोन कल गर्न इच्छुक प्रयोगकर्तालाई लाभ पुग्ने कम्पनीको विश्वास छ । यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोगमा भारतमा हुने आउटगोइङ कलको पल्स रेट ६० सेकेण्ड निर्धारण गरिएको छ ।

What's Your Reaction?






