यी भाँडा भुलेर पनि माइक्रोवेभमा नराख्नुहोस्

काठमाडौं । माइक्रोवेभको प्रयोग आजकल घर–घरमा हुन थालेको छ । कोही व्यक्तिहरूले यसमा विभिन्न परिकार बनाउँछन् । कोही फ्रिजमा राखिएको चिसो खाना मात्र तताउँछन् । विज्ञकाअनुसार माइक्रोवेभ ओभनमा खाना तताएर खानु हुँदैन । यसो गर्दा पोषक तत्त्व कम हुन्छ । ओभनमा खाना बनाउने वा तताएर खाँदा स्वास्थ्यलाई हानि होस् वा नहोस्, तर केही चीजहरूमा यस्ता […]

Jan 1, 2025 - 11:20
 0
यी भाँडा भुलेर पनि माइक्रोवेभमा नराख्नुहोस्

काठमाडौं । माइक्रोवेभको प्रयोग आजकल घर–घरमा हुन थालेको छ । कोही व्यक्तिहरूले यसमा विभिन्न परिकार बनाउँछन् । कोही फ्रिजमा राखिएको चिसो खाना मात्र तताउँछन् । विज्ञकाअनुसार माइक्रोवेभ ओभनमा खाना तताएर खानु हुँदैन । यसो गर्दा पोषक तत्त्व कम हुन्छ ।

ओभनमा खाना बनाउने वा तताएर खाँदा स्वास्थ्यलाई हानि होस् वा नहोस्, तर केही चीजहरूमा यस्ता खानाहरू तताउँदा स्वास्थ्यलाई हानिकारक हुन सक्छ । आउनुहोस्, कुन भाँडा र कुन खानेकुरा ओभनमा तताउनबाट बच्नुपर्छ भन्नेबारे जानौँ ।

धेरैजसो व्यक्तिहरूले ओभनमा प्लास्टिकका भाँडा, लन्च बक्स आदिमा राखिएको खाना तताउँछन् । यो अत्यन्त हानिकारक हुनसक्छ । यस बारेमा धेरै अध्ययन पनि भएका छन् र विज्ञले पनि प्लास्टिकका चीजहरूमा तातो खाना राख्न नराख्ने सल्लाह दिन्छन् ।

प्लास्टिकमा भएका केही हानिकारक रसायनहरू खाना तताउँदा खानामा मिसिन सक्छन् । यी रसायनहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । लगातार यसो गर्दा क्यान्सरको जोखिम बढ्न सक्छ ।

माइक्रोवेभमा स्टील, एल्युमिनियमका भाँडाहरू पनि राख्नुहुँदैन । धातुका भाँडाहरू विद्युत्‌को राम्रो सुचालक हुन्छन् । यस्तो अवस्थामा यी भाँडाहरू छिटै तातिन्छन् । यसबाट आगोको झिल्को, विस्फोट वा आगो लाग्ने जोखिम हुन्छ । खानासँगै भाँडालाई पनि नोक्सान हुन सक्छ ।

कतिपय व्यक्तिहरूले रोटी, परौठा, तरकारी आदिलाई एल्युमिनियम फोइलमा बेरेर लन्च बक्समा राख्छन् । यसलाई फोइलसहित तताउन ओभनमा हाल्छन् । एल्युमिनियम फोइललाई पनि ओभनमा नहाल्नुहोस् नत्र यसमा आगो लाग्न सक्छ ।

ओभनमा कुनै पनि धातुका भाँडा प्रयोग गर्नुअघि त्यसको बुकलेट वा ओभनमा लेखिएको निर्देशन पढ्नुहोस् । फलाम, स्टील, एल्युमिनियम, काँच, माटो आदि जुनसुकै भाँडा होस्, निर्देशनअनुसार मात्र ओभनमा राख्नुपर्छ । वास्तवमा ओभन धातुले बनेको हुन्छ, जुन विद्युत्‌ले चल्छ । यसमा सानो ट्रान्समिटर जडान गरिएको हुन्छ । यसले विद्युत्–चुम्बकीय क्षेत्र सिर्जना गर्छ, जसबाट विकिरण निस्कन्छ र खानेकुरालाई तताइदिन्छ ।

ओभनका लागि सुरक्षित भाँडा

ओभनमा प्रयोग गर्नका लागि भाँडाहरू पाइन्छ । यसमा राख्नका लागि काँच र प्लास्टिकका भाँडाहरू पाइन्छ । ओभनमा प्रयोग हुने प्लास्टिकका भाँडा र साधारण प्लास्टिकका भाँडामा फरक हुन्छ । यस्ता भाँडाहरू माइक्रोवेभमा राख्न सुरक्षित हुन्छ । यदि तपाईंले ग्रिल गर्नु छ भने त्यसमा एल्युमिनियमका भाँडा राख्न सक्नुहुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register