अमेरिकामा भिडमाथि कार चल्यो, १० जनाको मृत्यु

काठमाडौं । नयाँ वर्षको पहिलो दिन अमेरिकाको न्यू अर्लिन्स शहरमा एक व्यक्तिले भिडमाथि कार चलाएका छन् । घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएको बीबीसीले जनाएको छ । न्यू अर्लिन्सको नोला रेडी सरकारी एजेन्सीका अधिकारीहरूले घाइतेहरूलाई अस्पताल लगिएको जानकारी दिए । सीबीएस न्युजकाअनुसार न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा एक व्यक्तिले […]

Jan 1, 2025 - 12:20
 0
अमेरिकामा भिडमाथि कार चल्यो, १० जनाको मृत्यु

काठमाडौं । नयाँ वर्षको पहिलो दिन अमेरिकाको न्यू अर्लिन्स शहरमा एक व्यक्तिले भिडमाथि कार चलाएका छन् ।

घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएको बीबीसीले जनाएको छ ।

न्यू अर्लिन्सको नोला रेडी सरकारी एजेन्सीका अधिकारीहरूले घाइतेहरूलाई अस्पताल लगिएको जानकारी दिए ।

सीबीएस न्युजकाअनुसार न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा एक व्यक्तिले भीडमा कार चलाएका हुन् ।

न्यु अर्लिन्सका प्रहरी प्रवक्ताले भने, ‘प्रारम्भिक रिपोर्टकाअनुसार एउटा कारले मानिसको भीडमा हानेको हुन सक्छ । यो दुर्घटनामा मृत्यु हुनेको जानकारी आएको छ ।’

घटनाका प्रत्यक्षदर्शीहरूले भने, ‘कार भीडमाथि चल्यो र त्यसपछि चालकले गोली चलाउन थाले, पुलिसलाई जवाफी कारबाही गर्न उक्साए ।’

यद्यपी प्रहरीले यो खबरको पुष्टि गरेको छैन ।

न्यु अर्लिन्सको सरकारी एजेन्सी नोला रेडीले सामाजिक सञ्जालमा नहर र बोर्बोन स्ट्रिटमा ठूलो संख्यामा मानिस मारिएको बताएको छ ।

उनले आसपासका मानिसहरुलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register