घर बनाउँदा सेप्टी ट्याङ्की अनिवार्य बनाऔँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले घर बनाउँदा सेप्टी ट्याङ्की अनिवार्य रहेको सुनिश्चित गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । गोदावारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेप्टी ट्याङ्की अनिवार्य नगरिए हावापानी दूषित हुने बताए ।  स्थानीय तहले हरेक वडा-वडामा यसबारे अभियान चलाउनुपर्ने उनको भनाइ छ  । ‘हरेक घरका सदस्यदेखि तीनै तहका सरकारले […]

Mar 11, 2025 - 15:30
 0
घर बनाउँदा सेप्टी ट्याङ्की अनिवार्य बनाऔँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले घर बनाउँदा सेप्टी ट्याङ्की अनिवार्य रहेको सुनिश्चित गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।

गोदावारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेप्टी ट्याङ्की अनिवार्य नगरिए हावापानी दूषित हुने बताए ।  स्थानीय तहले हरेक वडा-वडामा यसबारे अभियान चलाउनुपर्ने उनको भनाइ छ  । ‘हरेक घरका सदस्यदेखि तीनै तहका सरकारले अब यसमा ध्यान दिनुपर्छ । यसलाई अनिवार्य गरिएन भने हावापानी झन्-झन् दूषित हुन्छ,’ उनले भने ।

सेप्टी ट्याङ्की अनिवार्य नभए नदीनालाको अवस्था झन-झन् दयनीय भए उनले बताए । आकाशे पानी संकलनका लागि छुट्टै ट्यांङ्की बनाउन उनले आग्रह गरेका छन् ।

बनिसकेका घरमा क्षेत्रफल नभएमा सामूहिक रूपमा समुदायले सेप्टी ट्याङ्की बनाउँदै फोहोर व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register