विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय उरुषा क्षेत्री, २७ वर्षीय केदार ढुंगाना र ४० वर्षीय पोषणराज घर्ति क्षेत्री रहेका छन् । राम्रो देश, राम्रो काम र आकर्षण तलबको प्रलोभनमा परेर विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गर्ने उनीहरुलाई काठमाडौँ उपत्यका […]

Apr 21, 2025 - 07:21
 0
विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय उरुषा क्षेत्री, २७ वर्षीय केदार ढुंगाना र ४० वर्षीय पोषणराज घर्ति क्षेत्री रहेका छन् ।

राम्रो देश, राम्रो काम र आकर्षण तलबको प्रलोभनमा परेर विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गर्ने उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये उरुषा क्षेत्रीले क्यानडा पठाउने भन्दै एक जनाबाट ८ लाख रुपैयाँ, केदार ढुंगानाले दुई जनालाई माल्दिभ्स पठाउने भन्दै ८ लाख रुपैयाँ र पोषणराज घर्ति क्षेत्रीले दुई जनालाई जापान पठाउने भन्दै ३४ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register