मोरक्को रबात सम्मेलनमा नेपालका हिमालहरुको चर्चा

काठमाडौँ। विश्वका राष्ट्र अध्यक्ष सम्मिलित मोरक्को रबात सम्मेलनमा नेपालको तर्फबाट सहभागी डाक्टर रमेश कुमार आचार्यले द इम्प्याक्ट अफ फ्युचर क्लाइमेट चेन्ज डिजास्टर म्यानेजमेन्ट र फ्युचर रिस्क भाइरसको विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । डाक्टर आचार्यले आफ्नो कार्यपत्रमा नेपालमा अवस्थित संसारकै सबैभन्दा अग्ला हिमालहरू मध्ये माउन्ट एभरेस्ट, अन्नपूर्ण, माछापुछ्रे्र, निलगिरी लगायतका हिमालहरूको अवस्थाको चित्रण गर्दै कार्बन […]

Jan 5, 2025 - 06:13
 0
मोरक्को रबात सम्मेलनमा नेपालका हिमालहरुको चर्चा

काठमाडौँ।

विश्वका राष्ट्र अध्यक्ष सम्मिलित मोरक्को रबात सम्मेलनमा नेपालको तर्फबाट सहभागी डाक्टर रमेश कुमार आचार्यले द इम्प्याक्ट अफ फ्युचर क्लाइमेट चेन्ज डिजास्टर म्यानेजमेन्ट र फ्युचर रिस्क भाइरसको विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

डाक्टर आचार्यले आफ्नो कार्यपत्रमा नेपालमा अवस्थित संसारकै सबैभन्दा अग्ला हिमालहरू मध्ये माउन्ट एभरेस्ट, अन्नपूर्ण, माछापुछ्रे्र, निलगिरी लगायतका हिमालहरूको अवस्थाको चित्रण गर्दै कार्बन उत्सर्जनले पारेको प्रभावले हिमालहरू पग्लिदै काला पहाडमा रुपान्तरण हुँदै गएकोले हिमालहरु वर्षेनी फुट्दै गएको उल्लेख गरेका थिए ।

कार्यपत्रमा डाक्टर आचार्यले भीषण बाढीका कारण मानवीय क्षतिसँगै संरचना तहसनहस भएको, पहिरोले गाउँ, बस्ती, सडक बगाउने गरेको, दिन–प्रतिदिन हुने उथल– पुथलले वनस्पति र वन्यजन्तुको अस्तित्व नै लोप हुँदै गइरहेको उल्लेख गरेका छन् । 

डाक्टर आचार्यले कार्यपत्र प्रस्तुत गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको हरियाली मुलुक नेपाल आफै धरापमा पर्दै गएकोले नेपाललाई क्षतिपूर्तिको व्यवस्था गर्न विश्वका विशिष्ट प्रतिनिधिहरू समक्ष माग गरेका छन् । 

डाक्टर आचार्यले कार्यक्रममा सहभागी पेरिसका मेयर आने हिरा लघुलाई काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी पेरिस मोडलको फोहोर व्यवस्थापनका लागि आग्रह गरे । त्यसैगरी डाक्टर आचार्यले स्पेनको प्रधानमन्त्री पेड्रोसन्सलाई नेपालमा अवस्थित हिमाल भ्रमणको लागि निम्ता समेत गरेका छन् ।

उनले वातावरणको प्रभावले विश्वमै दिन प्रतिदिन देखापरिरहेको नयाँ– नयाँ भाइरसहरूको रोकथामका लागि नेपाल जस्तो विकासोन्मुख मुलुकलाई सुविधा सम्पन्न विश्वस्तरीय मोलिकुलर ल्याब र फोहोर व्यवस्थापनमा सहयोग गर्न विश्व समुदायसंग अनुरोध गरे । 

कार्यक्रममा सहभागी सोसलिस्ट इन्टरनेसनलका भाइस प्रेसिडेन्ट खगेन्द्र जिसीले जलवायु परिर्वतनका कारण नेपालले भोग्नु परिरहेको समस्या न्यूनीकरणको लागि  सक्दो सहयोग गर्न विश्वका राष्ट्र प्रमुखहरु संग आग्रह गरे ।

सन् २०२४ को अन्तमा दुुईदिनसम्म चलेको मोरक्को रबात सम्मेलनमा विश्वका ७० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख, पार्टी प्रमुुख, मेयर, बैज्ञानिक, प्रोफेसर, विज्ञ लगायत तीनसय भन्दा बढीको सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register