धनगढीबाट दुई थान भरूवा बन्दुकसहित तीन जना पक्राउ

कैलाली । दुई थान भरुवा बन्दुकसहित प्रकरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिक-१८ एफ गाँउस्थित आर्याघाटबाट भरूवा बन्दुक २ थान र चक्कु १ थान सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिक-१९ बस्ने ३९ वर्षीय गुरू प्रसाद चौधरी, भारत लखिमपुर खिटी नउसर गुलरिया बस्ने ३२ वर्षीय रियासत […]

Feb 5, 2025 - 09:26
 0
धनगढीबाट दुई थान भरूवा बन्दुकसहित तीन जना पक्राउ

कैलाली ।

दुई थान भरुवा बन्दुकसहित प्रकरीले तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिक-१८ एफ गाँउस्थित आर्याघाटबाट भरूवा बन्दुक २ थान र चक्कु १ थान सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिक-१९ बस्ने ३९ वर्षीय गुरू प्रसाद चौधरी, भारत लखिमपुर खिटी नउसर गुलरिया बस्ने ३२ वर्षीय रियासत अली र ४० वर्षीय देसराज राना रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register