सुनका गहनासहित काठमाडौँबाट एक जना पक्राउ

काठमाडौँ। प्रहरीले सुनका गहनासहित काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका ४१ वर्षीय दिपेशलाल चित्रकार रहेका छन् । एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले […]

Mar 26, 2025 - 10:46
 0
सुनका गहनासहित काठमाडौँबाट एक जना पक्राउ

काठमाडौँ।

प्रहरीले सुनका गहनासहित काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका ४१ वर्षीय दिपेशलाल चित्रकार रहेका छन् ।

एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना बरामद गरेको छ ।

पक्राउ परेका उनलाई अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाईएको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register