कमल थापा र दीपक सिंहलगायतको रिहाइ माग गर्दै राप्रपा नेपालको काठमाडौंमा राँके जुलुस

काठमाडौं । आफ्ना अध्यक्ष कमल थापा, राप्रपा नेता दीबहादुर सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा राप्रपा नेपालले आइतबार काठमाडौंका सडकमा राँके जुलुस प्रदर्शन गरेको छ । पक्राउ परेका सबैलाई बिनाशर्त तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । यसैबीच राप्रपाले पनि राप्रपाका अध्यक्ष थापा र आफ्ना सांसद सिंहलाई बिनाशर्त रिहाइ […]

Jun 1, 2025 - 15:22
 0
कमल थापा र दीपक सिंहलगायतको रिहाइ माग गर्दै राप्रपा नेपालको काठमाडौंमा राँके जुलुस

काठमाडौं । आफ्ना अध्यक्ष कमल थापा, राप्रपा नेता दीबहादुर सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा राप्रपा नेपालले आइतबार काठमाडौंका सडकमा राँके जुलुस प्रदर्शन गरेको छ ।

पक्राउ परेका सबैलाई बिनाशर्त तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यसैबीच राप्रपाले पनि राप्रपाका अध्यक्ष थापा र आफ्ना सांसद सिंहलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने उनले बताए ।

राप्रपाले भन्यो : कमल थापा र दीपक सिंहलाई बिनाशर्त रिहा नगरे थप आन्दोलन हुन्छ

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register