तराईमा बाक्लो हुस्सु : आन्तरिक उडानदेखि क्रिकेटसम्म प्रभावित

काठमाडौं । मधेस प्रदेशसँगै तराईका अधिकांश क्षेत्रमा आज (आइतबार) बिहानदेखि बाक्लो हुस्सु लागेको छ । यसको प्रभाव धनुषाको जनकपुर–ढल्केवर राजमार्गमा पनि परेको छ । शीतलहर र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा […]

Jan 5, 2025 - 07:08
 0
तराईमा बाक्लो हुस्सु : आन्तरिक उडानदेखि क्रिकेटसम्म प्रभावित

काठमाडौं । मधेस प्रदेशसँगै तराईका अधिकांश क्षेत्रमा आज (आइतबार) बिहानदेखि बाक्लो हुस्सु लागेको छ ।

यसको प्रभाव धनुषाको जनकपुर–ढल्केवर राजमार्गमा पनि परेको छ । शीतलहर र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन ।

काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । यद्यपि आन्तरिकतर्फ काठमाडौंबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीबिलिटीका कारण उडान हुनसकेको छैन । मधेस प्रदेशसँगै तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उनले बताए ।

कुहिरोका कारण जय ट्रफी मेन्स एलिट कप क्रिकेटका खेल केही समय ढिलो सुरु भएको थियो ।

आज जनकपुरमा मधेश र बागमती प्रदेशबीच तथा वीरगञ्जमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register