कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने

सुर्खेत । कर्णाली प्रदेशकका यातायात व्यवसायीहरूले सोमबारदेखि कालो र रातो प्लेटका सवारीसाधन चल्न नदिने चेतावनी दिएका छन् । सरकारले निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । सवारी ऐनविपरीत संघीय सरकारसँग बाँझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह […]

Jun 1, 2025 - 14:34
 0
कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने

सुर्खेत । कर्णाली प्रदेशकका यातायात व्यवसायीहरूले सोमबारदेखि कालो र रातो प्लेटका सवारीसाधन चल्न नदिने चेतावनी दिएका छन् ।

सरकारले निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

सवारी ऐनविपरीत संघीय सरकारसँग बाँझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेकोले आन्दोलन गर्नु परेको यातायात व्यवसायीको भनाइ छ ।

आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले सोमबारदेखि सार्वजनिक यातायात चल्न नदिने बताए ।

गण्डकी प्रदेश सरकारले ल्याएको विधेयक खारेज गर्नु पर्ने सापकोटाले बताए । ‘गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली व्यवसायीको हितमा छैन’ उनले भने, ‘संघीय सवारी ऐन २०४९ को विपरीत छ ।’

प्रदेश सरकारले गण्डकीको जस्तै कानून बनाएको अवस्थामा सार्वजनिक यातायात धरापमा पर्ने सापकोटाले बताए । गण्डकीको नियमावली खारेज नभए जेठ १९ गतेदेखि लामो दूरीका सवारीसाधन सञ्चालन नगर्ने उनको भनाइ छ ।

यसैबीच यातायात व्यवसायी महासंघ कर्णाली प्रदेश समितिले सरकारलाई सात बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ । उनीहरूले विभिन्न सात बुँदे माग राखी आइतबार देशभर एक एक घण्टा चक्काजामसमेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register