कनकाईमा प्यानल छलफलसहित बाल सञ्जाल पुनर्गठन

कनकाई, २५ फागुन । सरस्वती वडा बाल सञ्जालले शुक्रबार ‘सुनिश्चित बालमैत्री बानी व्यवहार सुखी र समृद्ध कनकाईको आधार’ नारामा प्यानल छलफलसहित बाल सञ्जाल पुर्न गठन कार्यक्रम सम्पन्न गरेको छ । वडा बाल सञ्जालका अध्यक्ष तथा कनकाई नगर बाल सञ्जालका सचिव रिजन तिम्सिनाको अध्यक्षतामा तथा ७ नम्बर वडाका कार्यबाहक वडाध्यक्ष निर्मल आङ्थुपोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम [...] The post कनकाईमा प्यानल छलफलसहित बाल सञ्जाल पुनर्गठन appeared first on Jhapa Online.

Mar 8, 2025 - 05:25
 0
कनकाईमा प्यानल छलफलसहित बाल सञ्जाल पुनर्गठन

कनकाई, २५ फागुन । सरस्वती वडा बाल सञ्जालले शुक्रबार ‘सुनिश्चित बालमैत्री बानी व्यवहार सुखी र समृद्ध कनकाईको आधार’ नारामा प्यानल छलफलसहित बाल सञ्जाल पुर्न गठन कार्यक्रम सम्पन्न गरेको छ ।

वडा बाल सञ्जालका अध्यक्ष तथा कनकाई नगर बाल सञ्जालका सचिव रिजन तिम्सिनाको अध्यक्षतामा तथा ७ नम्बर वडाका कार्यबाहक वडाध्यक्ष निर्मल आङ्थुपोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालबालिकाहरुले बालमैत्री , बाल अधिकारका क्षेत्रमा विभिन्न जिज्ञासा् समेत राखेका थिए ।

कार्यक्रममा नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल, बालमैत्री सम्पर्क ब्यक्ती जमुना कट्वाल, ७ नम्बर वडा भित्रको फक्तालुङ एजुकेसन फाउन्डेसन प्रधानाध्यापक ओम बिक्रम नेम्वाङ, भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक चण्डीकाप्रसाद उपाध्याय लगायतले बालाबालिकाहरुले राखेको जिज्ञासाको जबाफ दिनुभएको थियोे ।

अध्यक्ष तिम्सिनाले बालमैत्री स्थानीय शासनको क्रममा वडा बाल संजाल मार्फत भएका कार्यहरु जानकारी गराउदै यस समिती कनकाई नगरपालिका कै उत्कृष्ट बाल संजालकोरुपमा सम्मानित भएको कुरा सुनाउनुभएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि आङ्थोपोले रिजन तिम्सिनाको अध्यक्षतामा गठित समितीले निकै उत्साहित पुर्वक कार्यक्रम संचालन गर्दै क्रियाशिलरुपमा कार्य गरेर ७ नम्बर वडा बाल संजाल पहिलो पटक नगर कै उत्कृष्ट हुन सफल भएको बताउदै वर्तमान समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तैगरी पुनर्गठन कार्यक्रम मार्फत अम्बिका गोस्वामीको अध्यक्षतामा नयाँ समिती गठन गरिएको छ जसमा उपाध्यक्षमा निरज सुवेदी, सचिवमा विकास महत्तरा , सहसचिबमा आयुशा बस्नेत, कोषाध्यक्षमा सिखा सेन्चुरी त्यस्तै सदस्यमा क्रमश दिपमला लामिछाने, आरोही पोखरेल, बिकिशा प्रधान, प्रतिज घिमिरे, कुसुम घिमिरे र स्वोस्तिका ढकाल चयन भएका छ्न।

कार्यक्रममा फक्तालुङ विद्यालय बालक्ल्ब का शिक्षक संरक्षक तारा उप्रेती , दुर्गापुर बजार ब्यबस्थापन समिती प्रतिनिधि, विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधि, बाल संजाल सस्थापक अध्यक्ष अर्जुन चौधरी तथा कनकाई वडा न ७ का १सय ५० बढी बालबालिकाको सहभागी रहेको थियो । दिपमला लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अम्बिका गोस्वामीले गर्नुभएको थियो ।

The post कनकाईमा प्यानल छलफलसहित बाल सञ्जाल पुनर्गठन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register