कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेप भुक्तानीको काम रोकियो, अब ऋण उठाउनतर्फ चासो दिँदै राष्ट्र बैंक !

काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेप भुक्तानीको काम रोकिएको छ । एक सूचना जारी गर्दै बैंकले पुष २६ गते (शुक्रबार) सम्मका लागि निक्षेप भुक्तानीको काम रोकिएको जानकारी गराएको छ ।  समस्याग्रस्त घोषणापछि बैंकको व्यवस्थापन जिम्मा लिएको राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनको लागि काम भइरहेको र सो का लागि […]

Jan 7, 2025 - 07:14
 0
कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेप भुक्तानीको काम रोकियो, अब ऋण उठाउनतर्फ चासो दिँदै राष्ट्र बैंक !

काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेप भुक्तानीको काम रोकिएको छ । एक सूचना जारी गर्दै बैंकले पुष २६ गते (शुक्रबार) सम्मका लागि निक्षेप भुक्तानीको काम रोकिएको जानकारी गराएको छ । 

समस्याग्रस्त घोषणापछि बैंकको व्यवस्थापन जिम्मा लिएको राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनको लागि काम भइरहेको र सो का लागि केही समय आवश्यक पर्ने भन्दै तत्कालका लागि निक्षेप भुक्तानीको काम शुक्रबारसम्म स्थगन गरिएको जनाएको छ ।

बैंकमा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको काम पुनः सुचारु हुने बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार हाल पहिलो चरणमा निक्षेप भुक्तानी गर्ने कार्यलाई पहिलो प्राथामिकतामा राखेर काम भइरहेको छ । हाल राष्ट्र बैंकले कर्जा असुली गर्ने कार्यलाई तिव्रता दिएको जनाएको छ ।

त्यस्तै, नियमानुसार निक्षेप भुक्तानीको काम क्रमशः हुने भन्दै राष्ट्र बैंकले बाहिरी हल्ला, भ्रम र भीडको पछाडि नलागी धैर्यता कायम गरी व्यवस्थापन समूहलाई सहयोग गर्न पनि अनुरोध गरेको छ । यस्तो छ बैंकको सूचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register