नेपाल लाइफ क्यापिटलको ११औं साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा पुष १९ गते काठमाडौँमा सम्पन्न भएको हो । उक्त ११औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ । […]

Jan 7, 2025 - 07:11
 0
नेपाल लाइफ क्यापिटलको ११औं साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा पुष १९ गते काठमाडौँमा सम्पन्न भएको हो ।

उक्त ११औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारणसभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register