अम्बे कोशी सहकारी समस्याग्रस्त घोषणा

काठमाडौँ । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीलाई कोशी प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको हो । अम्बे कोशी सहकारीले विराटनगरदेखि दमकसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । सहकारीका सञ्चालकहरुमाथि करिब १३ हजार बचतकर्ताको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ । […]

Jan 7, 2025 - 10:23
 0
अम्बे कोशी सहकारी समस्याग्रस्त घोषणा

काठमाडौँ । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीलाई कोशी प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको हो ।

अम्बे कोशी सहकारीले विराटनगरदेखि दमकसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।

सहकारीका सञ्चालकहरुमाथि करिब १३ हजार बचतकर्ताको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ । सहकारी समस्याग्रस्त घोषणा भएपछि अब सहकारीको सम्पूर्ण व्यवस्थापन सरकारले गठन गरेको संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्नेछ ।

उक्त समितिले अब सहकारीमा फसेको रकम उठाएर र ऋणीको धितो लिलाम गरेर बचतकर्तालाई पैसा फिर्ता गर्नेगरी काम अघि बढाउनेछ । अम्बे कोशी सहकारी ठगी प्रकरणमा संस्थाका अध्यक्ष फणिन्द्र मगर एक वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register