हसिना भारतमै रहने, सुपुर्दगीको मागबीच बढायो भिसा अवधि

काठमाडौं । भारतले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी नगर्ने भएको छ । भारतले बङ्गलादेश सरकारलाई पठाएको अप्रत्यक्ष सन्देशमा यस विषयमा आफ्नो अडान स्पष्ट गरिएको छ । यसबीच हसिनाको राहदानी खारेज भएपनि भारतले उनको भिसाको म्याद थप गरेको छ । गृह मन्त्रालयले हसिनालाई भारतमा बस्न भिसाको म्याद थप गरेको जनाएको छ । शेख हसिना ५ अगस्टमा […]

Jan 8, 2025 - 09:03
 0
हसिना भारतमै रहने, सुपुर्दगीको मागबीच बढायो भिसा अवधि

काठमाडौं । भारतले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी नगर्ने भएको छ ।

भारतले बङ्गलादेश सरकारलाई पठाएको अप्रत्यक्ष सन्देशमा यस विषयमा आफ्नो अडान स्पष्ट गरिएको छ ।

यसबीच हसिनाको राहदानी खारेज भएपनि भारतले उनको भिसाको म्याद थप गरेको छ । गृह मन्त्रालयले हसिनालाई भारतमा बस्न भिसाको म्याद थप गरेको जनाएको छ ।

शेख हसिना ५ अगस्टमा ढाका छोडेकी थिइन् । उनलाई बङ्गलादेश सुपुर्दगी गर्ने विषयमा निकै चर्चा चलिरहेको बेला भारतले उनको भिसा थपेको हो ।

बङ्गलादेश सरकारले हालै भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको थियो । यस्तो अवस्थामा भारतले लिएको यो निर्णय निकै महत्वपूर्ण मानिएको छ ।

मोहम्मद युनुसको सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको राहदानी खारेज गर्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register