च्याम्पियन्स ट्रफी : पाकिस्तानले भारतलाई दियो २४२ रनको सामान्य लक्ष्य

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानले भारतलाई २४२ रनको सामान्य लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान २ बल बाँकी रहँदै अलआउट भयो र २४१ रन बनाउन सक्यो । उसका लागि साउद सकिलले  सर्वाधिक ६२ रन बनाए । ४७ रनभित्र २ विकेट गुमाएर दबाबमा आएको टिमलाई सकिलले मोहम्मद रिजवानसँग मिलेर सम्हालेका […]

Feb 23, 2025 - 12:54
 0
च्याम्पियन्स ट्रफी : पाकिस्तानले भारतलाई दियो २४२ रनको सामान्य लक्ष्य

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानले भारतलाई २४२ रनको सामान्य लक्ष्य दिएको छ ।

दुबईमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान २ बल बाँकी रहँदै अलआउट भयो र २४१ रन बनाउन सक्यो । उसका लागि साउद सकिलले  सर्वाधिक ६२ रन बनाए ।

४७ रनभित्र २ विकेट गुमाएर दबाबमा आएको टिमलाई सकिलले मोहम्मद रिजवानसँग मिलेर सम्हालेका थिए । उनीहरूले तेस्रो विकेटका लागि १५१ रनको साझेदारी गरेपनि त्यसअनुसार टिमले उच्चस्कोर बनाउन भने सकेन ।

रिजवानले ४६ तथा खुशदिल शाहले ३८ रनको योगदान गरे । ओपनर बाबर आजमले २३ रन बनाए ।

भारतका लागि कुलदीप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा रवीन्द्र जडेजा, हर्षित राना र अक्षर पटेलले १-१ विकेट लिए ।

पाकिस्तान पहिलो खेलमा पराजित भएका कारण बढी दबाबमा छ । आज पनि हारेमा पाकिस्तान पहिलो चरणबाट बाहिरिन सक्नेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register