बोइलर कुखुरा किन्न भन्दै साहुले दिएको पैसा लुकाउन ‘लुटपाट’को नाटक, लुटिएँ भन्ने ड्राइभर नै पक्राउ

काठमाडौँ । सप्तरीमा साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका-२१ का २६ वर्षीय समसुद्दीन आलमलाई पक्राउ गरेको हो ।  आलम गाडी चालक हुन् । उनी पुष २२ गते साँझ ७ बजे सहचालक बाराको कलैया उपमहानगरपालिका-७ का २४ वर्षीय अमिर श्रेष्ठलाई लिएर बोइलर कुखुरा लिन वीरगञ्जबाट राजविराज जाँदै थिए […]

Jan 9, 2025 - 03:36
 0
बोइलर कुखुरा किन्न भन्दै साहुले दिएको पैसा लुकाउन ‘लुटपाट’को नाटक, लुटिएँ भन्ने ड्राइभर नै पक्राउ

काठमाडौँ । सप्तरीमा साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका-२१ का २६ वर्षीय समसुद्दीन आलमलाई पक्राउ गरेको हो । 

आलम गाडी चालक हुन् । उनी पुष २२ गते साँझ ७ बजे सहचालक बाराको कलैया उपमहानगरपालिका-७ का २४ वर्षीय अमिर श्रेष्ठलाई लिएर बोइलर कुखुरा लिन वीरगञ्जबाट राजविराज जाँदै थिए । तर, राजविराज नपुग्दै उनले आफू लुटिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । 

प्रहरीका अनुसार आलमले रुपनी गाउँपालिका-१ स्थित राजविराज-रुपनी सडक खण्ड अन्तर्गतको रायपुरमा दुईवटा मोटरसाइकलमा आएका चारजना हतियारधारीले गाडी रोकेर गाडीको साँचोसहित ३ लाख ८० हजार लुटेर भागेको सूचना दिएका थिए । तर, घटनास्थल पुगेको प्रहरीले जाँच गर्दा गाडीको साँचो त्यहीँ भेटिएको थियो । 

घटनाबारे अनुसन्धान गर्दै जाँदा आलमले लुटियो भनिएको रकम उनले आफ्नो घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । पछि आलमले साहुले दिएको रकम लुकाउन लुटपाटको नाटक गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । 

उनलाई प्रहरीले ठगी, आपराधिक विश्वासघात र झुटो सूचना दिएर अफवाह फैलाएको अभियोगमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register