आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानून, न्याय तथा प्रदेश मामिला […]

Jan 9, 2025 - 07:03
 0
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।

प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानून, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

कानून, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने, कानून, सोही समितिमा परिमार्जित मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरिएको उनले बताए ।

अन्य निर्णयमा कानून, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बेनेको विधेयक प्रदेशसभामा पेस गर्ने आजको बैठकले निर्णय गरेको प्रदेश सरकार प्रवक्ता भण्डारीले उल्लेख गरे । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register