६ विकास बैंक र २ फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ विकास बैंक र दुई फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको छ । राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको हो । यता फाइनान्सतर्फ भने राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सको तरलता अवस्था […]

Jan 9, 2025 - 07:03
 0
६ विकास बैंक र २ फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ विकास बैंक र दुई फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको छ ।

राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको हो ।

यता फाइनान्सतर्फ भने राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको छ । विकास बैंक र फाइनान्समा तरलता अवस्थाको विवरण राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग माग गरेको स्रोतले बताएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि राष्ट्र बैंकले वित्तीय अवस्था बिग्रिँदै गएका र संस्थागत सुशासनमा समस्या देखिएका कम्पनीहरुमाथि निगरानी बढाएको स्रोतको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register