लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी ढकाल प्रदर्शनकारीको आक्रमणबाट घाइते

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको युनिफिलअन्तर्गत लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका छन् । युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर ढकालमाथि शुक्रबार राति बेरुतमा नजिकै आक्रमण भएको थियो । उपरथी ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीको भीडले रोकेर तोडफोड गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसक्रममा ढकाल घाइते […]

Feb 15, 2025 - 07:06
 0
लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी ढकाल प्रदर्शनकारीको आक्रमणबाट घाइते

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको युनिफिलअन्तर्गत लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका छन् ।

युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर ढकालमाथि शुक्रबार राति बेरुतमा नजिकै आक्रमण भएको थियो ।

उपरथी ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीको भीडले रोकेर तोडफोड गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसक्रममा ढकाल घाइते भएका हुन् ।

घाइते उपरथी ढकाललाई तत्कालै यूएन लेवल थ्री अस्पताल पुर्याइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

ढकालको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सेनाले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register