सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि, छवि र रामबहादुरले बुझाए धरौटी
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन् । लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । अदालतले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र खनालसँग १५ लाख धरौटी माग गरेको छ । यस्तै लिला पछाईसँग अदालतले ३७ लाख धरौटी माग […]

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन् ।
लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । अदालतले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र खनालसँग १५ लाख धरौटी माग गरेको छ ।
यस्तै लिला पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेकोमा उनले शुक्रबार बुझाउने बताइएको छ ।
यसअघि अदालतको आदेशलगत्तै सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर रिहा भएका छन् ।
What's Your Reaction?






