सूर्यदर्शन सहकारी ठगी प्रकरण: धरौटीमा छुटे रवि

–काठमाडौंमा आफैं उपस्थित हुने पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटीमा रिहा हुनुभएको छ । कास्की जिल्ला अदालतले बिहीबार धरौटी माग गरेसँगै लामिछाने धरौटी बुझाएर रिहा हुनुभएको हो । यस्तै, लामिछाने रिहालगत्तै पक्राउ पर्ने भनिए पनि काठमाडौंमा आफैं हाजिर हुने भनिएपछि प्रहरी पछि हटेको छ। लामिछाने ८४ […]

Jan 10, 2025 - 01:05
 0
सूर्यदर्शन सहकारी ठगी प्रकरण: धरौटीमा छुटे रवि


–काठमाडौंमा आफैं उपस्थित हुने

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटीमा रिहा हुनुभएको छ । कास्की जिल्ला अदालतले बिहीबार धरौटी माग गरेसँगै लामिछाने धरौटी बुझाएर रिहा हुनुभएको हो । यस्तै, लामिछाने रिहालगत्तै पक्राउ पर्ने भनिए पनि काठमाडौंमा आफैं हाजिर हुने भनिएपछि प्रहरी पछि हटेको छ।

लामिछाने ८४ दिनपछि थुनामुक्त हुनुभएको हो । धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनीष झाले बताउनुभयो । उहाँ अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ । फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उहाँलाई पार्टीको जिम्मा लगाइने छ । यसैबीच लामिछानेसहित अन्य तीन जना धरौटी बुझाएपछि रिहा भएका छन् । आरती गुरुङ, गण्डकीका पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ धरौटीमा रिहा हुनुभएको छ।

त्यस्तै, लीला पछाईंलाई ३७ लाख धरौटी मागिएकोमा नबुझाएपछि कारागार लगिएको छ । बिहीबार न्यायाधीश नितीज राईको इजलासले लामिछानेसहित सात जनालाई धरौटी माग गरेको हो । पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग्ने आदेश भएको जिल्ला अदालत कास्कीका श्रेष्तेदार राजन खनालले जानकारी दिनुभयो ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्राप्त प्रमाणले अहिले नै कसुरदार मान्न नसक्ने भन्दै धरौटी माग गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार थुनछेक बहसमात्रै भएको हो, मुद्दाको कारबाही अब अघि बढ्नेछ । ‘आज थुनछेकको आदेशमात्रै हो मुद्दाको कारबाही बल्ल शुरू हुन्छ । अदालतले प्रमाण बुझ्ने कामहरू हुन्छ । साक्षीको वकपत्र हुन्छ’, उहाँले भन्नुभयो– ‘प्रमाणहरू बुझेर फैसलाको प्रक्रियामा जाने हो अहिले चाहिँ थुनछेक आदेश हो, यो आदेशउपर चित्त नबुझ्ने पक्षले उच्च अदालतमा निवेदन दिन पनि सक्नेछन् ।’

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ पर्नुभएको थियो । अदालतले तत्काल प्राप्त प्रमाणको आधारमा कसुरदार भन्न नसकिने र थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै धरौटी माग गरिएको खनालले बताउनुभयो।

‘तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूवाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु. ६५,००,०००।– (पैसठ्ठी लाख रुपियाँ) नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नू र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू’ –उहाँले भन्नुभयो।

कसुरदार रहेनछन् भन्ने मनासिव आधार देखिएन
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्राप्त प्रमाणले अहिले नै कसुरदार मान्न नसक्ने भन्दै धरौटी माग गरेको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘आज थुनछेकको आदेशमात्रै हो मुद्दाको कारबाही बल्ल शुरू हुन्छ । अदालतले प्रमाण बुझ्ने कामहरू हुन्छ । साक्षीको वकपत्र हुन्छ ।’ उहाँले प्रमाणहरू बुझेर फैसलाको प्रक्रियामा जाने हो अहिले चाहिँ थुनछेक आदेश हो, यो आदेशउपर चित्त नबुझ्ने पक्षले उच्च अदालतमा निवेदन दिन पनि सक्ने बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register