झापाको मेचीनगरमा चितुवाको आतङ्क बढ्दै

झापा, १७ जेठ । झापाको मेचीनगर नगरपालिकामा चितुवाको आतङ्क बढ्दै गएको छ । नगरपालिकाको वडा नं २ र ४ स्थित आलडाँगी क्षेत्रमा प्रवेश गर्ने चितुवाले आतङ्क मच्चाएको हो । केही दिनयता चितुवाले बाख्रा, कुकुर, सुँगुरका पाठा लगायत झण्डै दुई दर्जन घरपालुवा जनावरलाई आक्रमण गरी मारेको स्थानीयवासीले बताएका छन् । चितुवा अहिले वडा नं. २ आसपासका [...] The post झापाको मेचीनगरमा चितुवाको आतङ्क बढ्दै appeared first on Jhapa Online.

May 31, 2025 - 14:11
 0
झापाको मेचीनगरमा चितुवाको आतङ्क बढ्दै

झापा, १७ जेठ । झापाको मेचीनगर नगरपालिकामा चितुवाको आतङ्क बढ्दै गएको छ ।

नगरपालिकाको वडा नं २ र ४ स्थित आलडाँगी क्षेत्रमा प्रवेश गर्ने चितुवाले आतङ्क मच्चाएको हो । केही दिनयता चितुवाले बाख्रा, कुकुर, सुँगुरका पाठा लगायत झण्डै दुई दर्जन घरपालुवा जनावरलाई आक्रमण गरी मारेको स्थानीयवासीले बताएका छन् ।

चितुवा अहिले वडा नं. २ आसपासका जङ्गली क्षेत्र तथा बस्तीमा देखिन थालेको बताइएको छ । वडा नं २ कार्यालयले बालबालिका र सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गर्दै बालबालिकालाई एक्लै घरबाहिर नपठाउन आग्रह गरेको छ ।

वडा नं। ४ का अध्यक्ष अर्जुन कार्कीका अनुसार चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, सशस्त्र सुरक्षाकर्मी, द्रुत प्रतिक्रिया टोली र जनप्रतिनिधि जुटेका छन् । अध्यक्ष कार्कीले सञ्चारमाध्यमहरूसँग चितुवासम्बन्धी सूचना प्रसारमा सहयोग गर्न र स्थानवासीलाई थप सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

The post झापाको मेचीनगरमा चितुवाको आतङ्क बढ्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register