एनसीसीद्वारा टोखामा निःशुल्क मुटु शिविर तथा कम्युनिटी वेलनेस क्लिनिक सञ्चालन

काठमाडौं।नेशनल कार्डियाक सेन्टर (एनसीसी)ले शनिबार काठमाडौंको टोखामा निःशुल्क मुटु स्वास्थ्य शिविर तथा ‘कम्युनिटी वेलनेस क्लिनिक सञ्चालन गरेको छ। यो अभियान नेपालको बढ्दो नसर्ने रोग (एनसीडी) विशेषगरी मुटुरोग, उच्च रक्तचाप र मधुमेहका जोखिमलाई लक्षित गर्दै प्रारम्भिक परीक्षण र जनचेतनामा केन्द्रित रहेको थियो । शिविरमा २०० जनाभन्दा बढीले सेवा लिएका थिए, जसमा अधिकांश वृद्धवृद्धा थिए । तीमध्ये […]

May 31, 2025 - 17:09
 0
एनसीसीद्वारा टोखामा निःशुल्क मुटु शिविर तथा कम्युनिटी वेलनेस क्लिनिक सञ्चालन

काठमाडौं।
नेशनल कार्डियाक सेन्टर (एनसीसी)ले शनिबार काठमाडौंको टोखामा निःशुल्क मुटु स्वास्थ्य शिविर तथा ‘कम्युनिटी वेलनेस क्लिनिक सञ्चालन गरेको छ। यो अभियान नेपालको बढ्दो नसर्ने रोग (एनसीडी) विशेषगरी मुटुरोग, उच्च रक्तचाप र मधुमेहका जोखिमलाई लक्षित गर्दै प्रारम्भिक परीक्षण र जनचेतनामा केन्द्रित रहेको थियो ।

शिविरमा २०० जनाभन्दा बढीले सेवा लिएका थिए, जसमा अधिकांश वृद्धवृद्धा थिए । तीमध्ये धेरैलाई आफ्नै स्वास्थ्य समस्या रहेको थाहा थिएन। शिविरमा इलेक्ट्रोकार्डियोग्राम (ईसीजी), ईकोकार्डियोग्राम (ईको), रक्तचाप परीक्षण र रगतमा चिनीको मात्राको परीक्षण जस्ता सेवा निःशुल्क प्रदान गरिएको थियो। साथै, स्वास्थ्य परामर्श र मुटु रोग तथा दीर्घरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक प्रस्तुतिसमेत सञ्चालन गर्दै सहभागीहरूलाई स्वास्थ्यसम्बन्धी जानकारीयुक्त पम्प्लेटहरू पनि वितरण गरिएको थियो।

एनसीसीका संस्थापक मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले भने–‘मुटुरोग र दीर्घरोगको प्रारम्भिक पहिचानले उपचारको नतिजा उल्लेखनीय रूपले सुधार गर्छ। शिविर तथा वेलनेस क्लिनिकमार्फत हामीले समुदायसम्म गएर स्वास्थ्य सेवा पुर्याएका छौं, जसले जोखिमको पहिचान र समयमै उपचार गर्न सहयोग पुर्याउँछ।’ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल र उनको समूहका चिकित्सकले स्वास्थ्य जाँच तथा परामर्श दिएका थिए ।

शिविरमा सहभागी चिकित्सक डा. सागर थापाका अनुसार, शिविरमा अधिकांश व्यक्तिमा उच्च रक्तचाप र चिनीको मात्रा अत्यधिक भेटिएको थियो, जसलाई उनीहरूले आफू स्वस्थ रहेको ठानिरहेका थिए। यस्ता परीक्षणहरूले मानिसहरूलाई आफ्नै स्वास्थ्यप्रति सजग र जिम्मेवार बनाउँछ।
शिविरमा डां. रोहित मुरारका, डा. अशोक श्रेष्ठ, डां मनिष बरौला, डा. ओम मूर्ति निखिल, क्लिनिक व्यवस्थापक सन्तोष रौनियार,सहित ३० जना नर्स तथा स्वयंसेवकहरूको टोली संलग्न थिए।

एनसीसीले विगत पाँच वर्षदेखि समुदायमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ, जसबाट करिब ७, हजारभन्दा बढी बिरामी लाभान्वित भएका छन्। यस पटकको कम्युनिटी वेलनेस क्लिनिक स्थायी रूपमा सञ्चालनमा ल्याइएको छ, जसले दीर्घकालीन रोकथाम, स्वास्थ्य शिक्षा र नियमित निगरानीलाई सघाउने उद्देश्य राखेको छ। एनसीसीको यो पहलले नेपालमा मुटु स्वास्थ्य र समग्र समुदायको स्वास्थ्य सुधार गर्ने प्रतिबद्धतालाई उजागर गर्दछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register