रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंस्थित अलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै शाओमीले रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेल सार्वजनिक गरेको हो । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, […]

Jan 13, 2025 - 10:17
 0
रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ ।

काठमाडौंस्थित अलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै शाओमीले रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेल सार्वजनिक गरेको हो ।

यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने  कम्पनीले जनाएको छ ।

रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीको दाबी छ । यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ, जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ ।

ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रङ्गमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ ।

२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६-इन-१ पिक्सेल विनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ ।

डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडिओ मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ ।

५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ, जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।

गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सनजस्ता एआई विशेषताहरू पनि उपलब्ध छ ।

रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा उपलब्ध हुनेछ । जुन २४ हजार ९९९ रुपैयाँ (६ /१२८ जीबी) र २७,९९९ रुपैयाँमा (८/२५६ जीबी) किन्न सकिनेछ ।

मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा पाइने रेड्मी नोट १४ ५जी  ३० हजार ९९९ रुपैयाँ (८ / २५६ जीबी) र ३५ हजार ९९९ रुपैयाँमा (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।

यस्तै, रेड्मी नोट १४ प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा किन्न सकिनेछ । जसको मूल्य ३९ हजार रुपैयाँ ९९९ (८/२५६ जीबी) र ४४ हजार ९९९ रुपैयाँ (१२/५१२ जीबी) छ ।

र, रेड्मी नोट १४ प्रो+ ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा पाइनेछ । जसको मूल्य ४९ हजार ९९९ रुपैयाँ (८ / २५६ जीबी) र ५४ हजार ९९९ रुपैयाँ (१२/५१२ जीबी) छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register