फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार

काठमाडौँ। पोखरास्थित फेवातालमा बोटिङ्ग गर्ने क्रममा हावाहुरीका कारण फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार दिउँसो करिब ४:४५ बजे लेकसाइड क्षेत्रमा अचानक आएको हावाहुरीसँगै उठेको छालले काठको डुङ्गामा सयर गरिरहेका दुई जनालाई तालको बिचमै अलपत्र पारेको थियो । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मण गुरुङ र विजय गुरुङ फेवातालमा बोटिङ गर्दै […]

May 10, 2025 - 16:09
 0
फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार

काठमाडौँ।

पोखरास्थित फेवातालमा बोटिङ्ग गर्ने क्रममा हावाहुरीका कारण फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार दिउँसो करिब ४:४५ बजे लेकसाइड क्षेत्रमा अचानक आएको हावाहुरीसँगै उठेको छालले काठको डुङ्गामा सयर गरिरहेका दुई जनालाई तालको बिचमै अलपत्र पारेको थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मण गुरुङ र विजय गुरुङ फेवातालमा बोटिङ गर्दै गर्दा घटनामा परेका थिए।

उनीहरूको उद्धार सशस्त्र प्रहरी बल नेपाल, नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले मोटर बोटको सहयोगमा गरेको हो । टोलीले फेवाताल रेस्क्यू टावरबाट उद्धार कार्य सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले हाल हावाहुरीको मौसम रहेकाले विशेषगरी साँझपख तालमा बोटिङ गर्दा अत्यधिक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register