बेलायतमा केही देशलाई भिसा प्रतिवन्ध हुंदै, नेपाल पनि खतरामा

लन्डन- बेलायतले ओभरस्टे र असाइलम आवेदनका लागि बढी जोखिम ठानिएका मुलुकहरुलाई भिसा प्रतिवन्ध लगाउने तयारी शुरु गरेको छ । विद्यार्थी, वर्कलगायतका विभिन्न भिसा रुटबाट बेलायत आउने र उक्त रुटलाई दुरुपयोग गरी ओभरस्टे गर्ने वा असाइलम आवेदन गर्ने आप्रवासीहरुको संख्याका आधारमा केही मुलुकलाई भिसा प्रतिवन्ध गर्ने तयारी गरिएको हो । होम अफिसका अधिकारीले यही मे अन्त्यमा […]

May 9, 2025 - 18:33
 0
बेलायतमा केही देशलाई भिसा प्रतिवन्ध हुंदै, नेपाल पनि खतरामा


लन्डन- बेलायतले ओभरस्टे र असाइलम आवेदनका लागि बढी जोखिम ठानिएका मुलुकहरुलाई भिसा प्रतिवन्ध लगाउने तयारी शुरु गरेको छ ।

विद्यार्थी, वर्कलगायतका विभिन्न भिसा रुटबाट बेलायत आउने र उक्त रुटलाई दुरुपयोग गरी ओभरस्टे गर्ने वा असाइलम आवेदन गर्ने आप्रवासीहरुको संख्याका आधारमा केही मुलुकलाई भिसा प्रतिवन्ध गर्ने तयारी गरिएको हो ।

होम अफिसका अधिकारीले यही मे अन्त्यमा सरकारले सार्वजनिक गर्ने इमिग्रेसनसम्बन्धि श्वेतपत्रमा भिसा प्रतिवन्धसम्बन्धी नयाँ व्यवस्था समावेश हुने जानकारी दिएका छन् ।

बेलायतको नियन्त्रणबाहिर पुगेको इमिग्रेसन व्यवस्थालाई पुनः नियन्त्रणमा ल्याउन नयाँ व्यवस्था प्रभावकारी हुने सरकारको विश्वास छ ।

बेलायतले ओभरस्टे र असाइलमको लागि दुरुपयोगको बढी जोखिम रहेका विद्यार्थी, वर्कलगायतका भिजा रुटमा थप कडाइ गर्नेछ वा पूर्ण प्रतिवन्ध नै लगाउनेछ, त्यो स्पष्ट भइसकेको छैन ।

त्यस्तै, बेलायतको भिसा प्रतिवन्धमा पर्न सक्ने मुलुकहरुबारे पनि अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन । तर ओभरस्टे र असाइलम आवेदनको संख्याका आधारमा केही मुलुकलाई बढी खतरामा रहेको ठानिएको छ ।

होम अफिसको पछिल्लो तथ्यांकअनुसार पाकिस्तान, श्रीलंका, नाइजेरियासहितका देशबाट आएका नागरिक असाइलम आवेदन गर्ने सूचीमा शीर्ष स्थानमा छन् ।

बेलायतमा ओभरस्टे र असाइलम आवेदनको बढी जोखिम रहने मुलुकलाई भिसा प्रतिवन्ध गरिंदा नेपाल पनि खतरामा पर्न सक्ने देखिन्छ ।

बेलायतमा धेरै असाइलम आवेदन गर्ने मुलुकहरुको शीर्ष १० सूचीमा पनि नेपाल छैन । तर बेलायतमा कार्यरत नेपाली कानून व्यवसायीहरुका अनुसार कयौं नेपालीहरुले पनि सिजनल र विद्यार्थी भिसामा बेलायत छिर्ने र असाइलम आवेदन गर्ने गरेकाले नेपाल पनि बेलायतको नजरमा जोखिमपूर्ण मुलुकका रुपमा पर्न सक्ने सम्भावना भने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register