लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेका छन् : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् । शनिबार जनकपुरमा समाजवादी महिला, संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरू षडयन्त्र गरिरहेको बताए । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र […]

May 10, 2025 - 15:34
 0
लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेका छन् : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।

शनिबार जनकपुरमा समाजवादी महिला, संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरू षडयन्त्र गरिरहेको बताए । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुने बताए ।

विगतको २५० वर्षको निरङकुश शासनमा महिलाहरूका लागि समानता कतै नभएको उनले बताए । ‘पहिलाको तुलनामा अहिले महिलाहरूले हरेक निकाय, क्षेत्रमा आफ्नो हक अधिकार पाइरहेका छन् । ती सबै मधेश आन्दोलनबाट प्राप्त संघीयताको हो,’ अध्यक्ष यादवले भने ।

उनले अहिले महिलाको ३३ प्रतिशत सहभागीता भएपनि राज्यको हरेक अंगमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । समानताको परिकल्पना जनता समाजवादी पार्टीबाहेक अन्य कुनै पार्टीमा नभएको उनको भनाई थियो ।

त्यस्तै, उनले मुलुक मन्त्री र प्रधानमन्त्रीले नभई बिचोलियाहरूले चलाइरहेको आरोप लगाए । कमिसन खोर, दलाल र बिचोलियाहरुले सबै नियुक्ति र बजेट निर्माणका कार्यहरूमा कब्जा गरेको उनले आरोप लगाए ।

सरकारले २६ खरब बढी बैदेशिक ऋण लिए पनि त्यो ऋण कहाँ खर्च हुँदैछ भन्ने कसैले बुझ्न नसकेको उनले उल्लेख गरे । विश्व बैंकले खर्बौ खर्ब रुपैयाँ अनुदान दिए पनि देश विकास हुन नसक्नुमा भ्रष्ट्राचार मुख्य कारण भएको यादवको भनाई छ ।

अध्यक्ष यादवले मुलुक अहिले राजनितिक रूपमा संकट र आर्थिक रूपमा जर्जर अवस्थामा रहेको टिप्पणी गरेका छन् । सरकारले संविधान संशोधन गर्ने नाममा जनतालाई ठग्ने काम मात्र गर्दै आएको उनले आरोप समते लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register