१७८ जना सवार अमेरिकी विमानमा आगलागी (भिडिओ)
काठमाडौं । अमेरिकाको डेनभरमा अमेरिकन एअरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ । विमान डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको थियो । आगलागी हुँदा विमानस्थलमा बाक्लो कालो धुवाँ निस्किएको थियो, जसले गर्दा यात्रुहरू विमानको पखेटामा ओर्लन बाध्य भए । रिपोर्टअनुसार अमेरिकन एअरलाइन्सको उडान १००६ मा १७२ यात्रु थिए । एअरलाइन्सका अनुसार यात्रु र छ जना चालक दलका […]

काठमाडौं । अमेरिकाको डेनभरमा अमेरिकन एअरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ । विमान डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको थियो ।
आगलागी हुँदा विमानस्थलमा बाक्लो कालो धुवाँ निस्किएको थियो, जसले गर्दा यात्रुहरू विमानको पखेटामा ओर्लन बाध्य भए । रिपोर्टअनुसार अमेरिकन एअरलाइन्सको उडान १००६ मा १७२ यात्रु थिए ।
एअरलाइन्सका अनुसार यात्रु र छ जना चालक दलका सदस्यहरूलाई गेटमै बाहिर निकालिएको थियो । विमान कोलोराडो स्प्रिङ्ग्सबाट डलास-फोर्ट वर्थ उडेको थियो । अमेरिकन एअरलाइन्सको यो विमान बोइङ ७३७-८०० हो ।
एअरलाइन्सका प्रवक्ताले दुर्घटनामा कुनै पनि यात्रुलाई क्षति नभएको बताएका छन् । आगो छिटो नियन्त्रणमा लिएकोमा एअरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ ।
What's Your Reaction?






